|

विश्वकप टी-२० को अनुभव बटुलिसकेको नेपालका लागि आगामी विश्वकप यात्रामा भने तुलनात्मक रूपमा बढी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। विश्वकप छनोटका लागि आइसिसीले जारी गरेको खेल तालिकाअनुसार नेपालले विभिन्न चरण पार गर्नुपर्ने भएको हो।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको छनोट खेल तालिका सार्वजनिक गर्दा नेपालले एसिया छनोटअन्तर्गत समूह ’बी’मा रहेर पहिलो प्रतिस्पर्धा गर्नुपर्ने छ। पहिलो चरणमा मलेसियामा आगामी २-१३ अक्टोबरान हुने प्रतियोगितामा नेपालले भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। उक्त प्रतियोगिताका शीर्ष तीन टिमले अघिल्लो चरणमा स्थान बनाउनेछन्।

पहिलो चरणमा छनोट भएका शीर्ष तीन टिमले दोस्रो चरणको छनोटमा समूह ’ए’बाट आएका अन्य तीन टिमसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह ’ए’मा बहराइन, कुवेत, कतार, साउदी अरेबिया, माल्दिभ्स र युएई छन्। सन् २०१९ मा हुने दोस्रो चरणको छनोटमा एसियाका छ टिमबीच प्रतिस्पर्धा गर्नेछन्। छ टिममध्ये उत्कृष्ट दुई टिमले अन्तिम चरणको छनोटमा स्थान बनाउनेछन्।

निर्णायक छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ, जहाँ विभिन्न महादेशबाट छानिएका आठ टिम र सन् २०१८ को डिसेम्बरसम्मको शीर्ष १० वरियताभित्र नपर्ने छ टिम गरी १४ टिमले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

१४ टिमबाट शीर्ष छ टिम सन् २०२० को विश्वकपमा छनोट हुँदा अन्य टिम प्रतियोगिताबाट बाहिरिनेछन्। विश्वकपमा छनोट चरण पार गरेका शीर्ष छ टिम र शीर्ष १० टिम गरी कुल १६ टिमबीच सन् २०२० को टी-२० विश्वकपको प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.