|

संखुवासभा : दुई बालिकालाई बेचबिखन गर्न लैजाँदै गरेको आरोपमा संखुवासभा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर साल्पा सिलिछो गाउँपालिका दोभाने घर भएकी १९ वर्षीया सविना राईलाई खाँदबारी नगरपालिका- २ चेवाबाट पक्राउ गरेको हो। 

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका- २ चेवाबाट दुई बालिकालाई बेचबिखन गर्न लैजाँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ। ती दुई बालिकाहरूलाई खाँदबारी- २ चेवाबाट गाडी चढाएर तराईतर्फ लैजाने क्रममा पक्राउ गरिएको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए।  

आरोपित सविना राईले मासिक १० हजार रुपैयाँ कमाइ हुन्छ भनेर ललाईफकाई गरेको पीडितहरूको आरोप छ। आरोपी राईसहित ती दुई बालिकाहरू बैशाख ४ गते नै घरबाट निस्किएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

आरोपी राईविरुद्ध जिल्ला प्रहरी कार्यालय संखुसवासभामा बैशाख ६ गते मुद्दा दर्ता भई अनुसन्धान भइरहेको उपरीक्षक खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.