कंचनपुर : कंचनपुरको भीमदत्त नगरपालिका- १० गड्डाचौकीस्थित किसनसिंह पुजाराले संचालन गरेको होटलबाट शुक्रबार प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका- ७ का १६ वर्षीय हेमन्त जोशी, भीमदत्त नगरपालिका- १० का २१ वर्षीय लक्ष्मण भट्ट र सोही नगरपालिका- ९ का २२ वर्षीय गणेश विष्ट रहेका छन्।
पक्राउ परेकाहरूबाट नेट्राभेट १० नामक लागुऔषध ७१ ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।