|

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले नेपालमा एकदलिय शासन चलाउने अभ्यास सुरु गरेको आरोप लगाएका छन्। 

राष्ट्रियसभा गृहमा शनिबार आयोजित नेपाली कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले फेरि एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

यसअघि स्वायत्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्रीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सभापति देउवाले सबै अधिकार आफूमा निहित गराई सरकारले अधिनायकवादी शासन सुरु गर्ने संकेत दिएको दाबी गरे।

सभापति देउवाले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अधिनायवादी सरकार विरुद्ध एकजुट हुन सम्पूर्ण युवा शक्तिलाई आह्वान समेत गरे।

सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न युवा शक्तिलाई निर्देशन पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.