|
तस्विर : प्रदीप रूपाखेतीकाे फेसबुकबाट

काठमाडौं : मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ। शनिबार अपराह्न दुई जनाले प्रमुख श्रेष्ठलाई उनकै घरअगाडि आक्रमण गरेका हुन्। आक्रमणकारीको पहिचान खुलेको छैन।

दुई जनाले श्रेष्ठलाई रड प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन्। श्रेष्ठको हात र खुट्टामा चोट लागेको छ। घाइते श्रेष्ठको उपचार मध्यपुर अस्पताल थिमीमा भइरहेको छ। उनी चढेको बा ८ च ८७२० नम्बरको कारको सिसा फुटेको छ।

आक्रमणकारीको खोजीमा प्रहरी खटिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.