|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताले विरोध गरे। 

त्यसलगत्तै आयोजकले ब्यानर कार्यक्रम स्थलबाट हटायो। कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा नाराबाजी गरिरहेका कार्यकर्ता केही सान्त भए। तर, ब्यानर बिना कार्यक्रम गर्न नदिने कार्यकर्ताले उद्घोष गरे।

कार्यक्रम स्थलमा नाराबाजी गरिरहेका ब्यानर अनेरास्ववियुका महासचिव ऐन महर स्टेजमा उक्लिए र सबै कार्यकर्ताको तर्फबाट आफूले बोलेको बताउँदै ब्यानर बिना कार्यक्रम गर्न नदिने उद्घोष गरे। उनले भने,‘ब्यानर बिना किमार्थ कार्यक्रम सुचारु गर्न दिदैनौँ।’

ब्यानर हटाएकाले आफूहरू शन्तिपूर्ण तरिकाले विरोध गर्ने उनको भनाइ थियो। ब्यानरको एकतर्फ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को तर्फ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो छ। यस्तै, ब्यानरको माथिल्लो भागमा पुष्पलाल श्रेष्ठ, मनोमहन अधिकार र मदन भण्डारीको फोटो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.