|

काठमाडौं : ललितपुरको धापाखेलस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ। आइतबार राति साढे ८ बजेतिर भएको विस्फोटबाट घरको कम्पाउण्डमा सामान्य क्षति भएको ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐरले बताए। 

उनको घर नजिक शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको ऐरले बताए। कसले विस्फोट गराएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यादवको घरको झ्यालका सीसा फुटेका छन्। 

शंकास्पद वस्तु के हो भन्नेबारे सेनाको डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसरका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। 

विस्फोटका कारण यादवका छिमेकी त्रसित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.