|

काठमाडौं : पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ काठमाडौंमा प्रदर्शन गरिएको छ। 

सिस्टर नेपालले गरेको मध्यपश्चिम क्षेत्रको लोकप्रिय भाका सिगारु गीत ‘आँखा जुध्यो’को अडियो तथा भिडियो सार्वजनिक कार्यक्रममा नाटक ‘बोक्सी उद्योग’ प्रदर्शन गरिएको हो। 

समाजमा बोक्सी आरोपमा महिलामाथि भइरहेको ताडना अन्त्य गर्दै समतामूलक समाज निर्माणमा युवाको भूमिका अपरिहार्य भएको सन्देश नाटकमार्फत् दिइएको छ। नाटकमा लालटिन नेपाल समूहका कलाकार केसी राजा, बालानन्द मैनाली, पदम घिमिरे, सञ्जीव राई, अंकिता राई, नितु पौडेल, रूपेश राईलगायतले अभिनय गरेका थिए। नाटक टार्जन दाहाल र केसी राजाले निर्देशन गरेका हुन्। 

सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कलाकारले समाजका नराम्रा पाटो अन्त्य गर्न र हिंसारहित समाज निर्माण गर्न अभिनयमार्फत् सन्देश प्रवाह गर्नुपर्ने बताए।

नाटक ‘बोक्सी उद्योग’ सडक नाटकका रूपमा देशका विभिन्न शहरमा र छिट्टै काठमाडौंको कुनै एक नाटक घरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक टार्जन दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.