|
मुक्ति गैरे र प्रवेश पन्थी।

पाल्पा : विप्लव नेतृत्वको नेकपा निकट दुई भातृ संगठन पाल्पा जिल्लाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रवेश पन्थी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरे र उपाध्यक्ष लङ्क राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।

जिल्लाका विभिन्न  शैक्षिक संस्थामा तालाबन्दी गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो। सोमबार बिहान पक्राउ गरिएका उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पूर्व घोषित कार्यक्रम भन्दै आइतबार अनेरास्ववियु (क्रान्तिकारी)ले  तालाबन्दी गरेको जिल्ला अध्यक्ष मुक्ती गैरेले बताए। उक्त संगठनले साविकको जिल्ला शिक्षा कार्यालय, हालको नगर शिक्षा शाखा,  जनता नमुना विद्यालय, सेन्ट क्यापितानियो, वेथल बोर्डिङ, न्यु होराईजन बोर्डिङ स्कुलमा तालाबन्दी गरेको थियो।

“गत चैत्र २१ गते हामीले जिल्ला शिक्षा कार्यालयमा बुझाएको ३७ बुँदे माग पुरा नभएकोले पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको हौँ र हाम्रा मागहरू तुरुन्तै सम्बोधन गर्न पनि पुनः आह्वान गर्दछौँ' उनले भने।

क्रान्तिकारीले लगाएको ताला प्रहरीले खोलिसकेको छ भने उनीहरूलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.