|

पाल्पा : राहत पाउने आशामा बसेका पाल्पाका भूकम्प पीडित निराश बनेका छन्। भूकम्पले घर भत्काएर पीडित बनेका उनीहरू समयमा राहत नपाउदा निराश बनेका हुन्।

माथागढी गाउँपालिका–१ चिदीपानीका राजकुमार पन्थीले आफू भूकम्प पीडित भएको तर राहत नलिएको बताए। 'घर भत्किएको तीनवर्ष भयो', उनले भने, 'सरकारले बनाएको झण्झटीलो नियमले गर्दा राहत लिन सकिएन।'

उनले अधिकांश गाउँका भूकम्प पीडितको अवस्था यस्तै रहेको बताए। चिदीपानीमा मात्र झण्डै १ सय ७० घर क्षति अन्तर्गत परेपनि उनिहरूले दोस्रो किस्ता लिन नसकेको बताएका छन्।

पहिले एउटा प्राविधिकले भने अनुसार घर निर्माण प्रक्रिया थालेका पीडितले प्राविधिक फेरीए लगत्तै मापदण्ड भन्दा बाहिर गएर घर निर्माण गरेको भन्दै दोस्रो किस्ताको भुक्तानी नपाएको पन्थीले बताए।

पाल्पामा १० हजार ३९८ घरको सर्वे गरिएको थियो। जसमध्ये ४ हजार ६५२ घर लाभग्राहीको सुचीमा परेका थिए। ३८४ प्रवलिकरणको सूचीमा परेका थिए। तत्कालिन जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत तथा हालसम्म भूकम्पले पुर्‍याएको क्षति सम्बन्धि हेर्दै आएका फोकल पर्सन दुर्गा थापाका अनुसार अहिलेसम्म ४ हजार पीडित घरधुरीले अनुदान सम्झौता गरेको बताए। उनले भने, '३ हजार ८२९ जनाले पहिलो किस्ता वापतको रकम बुझेर लगिसकेका छन्। दोस्रो किस्ताको रकम २६३ र अहिलेसम्म २१ भूकम्प पीडितले मात्र तेस्रो किस्ताको वापतको रकम बुझेका छन्।'

कुनै पनि भूकम्प पीडितको घर पूर्ण रुपमा निर्माण सम्पन्न भइ नसेकेको उनले बताए। अहिलेसम्म ३३० घरको निर्माण कार्य भइरहेको उनले जानकारी दिए। पीडितले पहिलो किस्ता वापत ५० हजार, दोस्रो किस्ता वापतको १ लाख ५० हजार र तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ पाउने व्यवस्था छ।

फोकल पर्सन थापाले भने केन्द्रबाट प्राप्त हुने स्रोत, साधन समयमै प्राप्त नभएको र आवश्यक जनशक्तिका कारण आफुहरूले समयमै राहत प्रदान गर्न नसकेको बताए। यद्यपि आफ्नो कार्यालयमा रहेका कर्मचारीले मानविय भावना बोकेर काम गरेको र विभिन्न समस्याका वाजुद पनि केहि मात्रामा भएपनि सेवा दिएको बताए। तर पछिल्लो समयमा अधिकांश भूकम्प पीडित सम्पर्कमा नआएको उनले बताए।

'घर भत्किएको धेरै वर्ष भयो', उनले भने', 'समयमा नै राहत पाउन नसक्दा पनि उनीहरू निराश भएर लाखापाखा लागेको हुनसक्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.