|

जनकपुरधाम : प्रदेश २ मा शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलको टुंगो लगाउन माग गर्दै सांसदहरूले संसद अवरुद्ध गरेका छन्। संसद र सरकार गठन भएको लामो समय वितिसक्दा पनि प्रमुख प्रतिपक्षी दल चयन गर्न नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले सदन अवरुद्ध गरेका हुन्।   

प्रदेश २ मा मधेसवादी दल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको बहुमतमा मिलेर सरकार बनेको छ। नेपाली कांग्रेस र नेकपा एमाले भने सरकार वाहिर रहेका छन्। कांग्रेस र एमाले मध्ये कुन दललाई प्रमुख प्रतिपक्षी दल चयन गर्ने भन्ने  विषयमा टुङ्गो लगाउन माग गर्दै संसद अवरुद्ध गरिएको हो। 
सरकारले दलको समर्थन लिने समयमा नेकपा एमालेले सरकारलाई समर्थन गर्ने तर प्रतिपक्षमा बस्ने घोषणा गरेको थियो।

नेपाली कांग्रेसले गुण र दोषका आधारमा सरकार सकारात्मक वा नकारात्मक आलोचना गर्ने जिम्मेवारीबाट नहट्ने बताउँदै प्रतिपक्षमा बस्ने घोषणा गरेको थियो।यसरी सरकारको प्रतिपक्षी दलको अन्योलता कै बीच संसद चलिरहेको छ। यस भन्दा अघि पनि दुईपटक संसदमै प्रतिपक्षी दलको को हुन् ? भन्ने विषयमा कांग्रेस र एमालेका सांसदबीच चर्काचर्की भएको थियो। 

पहिलो अधिवेशनको २२ औं बैठक शनिबार दिउँसो १ बजे बोलाइए पनि झण्डै २ बजे बैठक सुरु हुन लागेको थियो। बैठक सुरु नहुँदै कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले विपक्षी दलको टुंगाे लगाउन माग गर्दै संसद अवरुद्ध गरेका थिए। लगत्तै कांग्रेसका अन्य सांसदहरूले समेत बसेको कुर्सीबाट उठेर प्रतिपक्षी दलको टुंगो लगाउन माग गर्दै संसद अवरद्ध गरेका थिए। त्यसपछि सभामुख सरोजकुमार यादवले संसद बैठक स्थगितको घोषणा गर्दै आगामी बैठक बैशाख २० गते १ वजेसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए। 

शनिवारको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ को मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधान व्यवस्था गर्न लागेको विधेयक २०७५ प्रस्तुत गर्ने कार्यविधि रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.