|

भद्रपुर, (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थहीन वहस विवाद छोडेर देश विकासतर्फ अग्रसर हुनुपर्ने बताएका छन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका ओलीले मंगलबार नेपाली जनता र जनप्रतिनिधिको आकंक्षा सम्बृद्धिसँग जोडिएको बताए। सरकार विकासका कुरा मात्रै गर्ने नभएर विकासका लागि सक्षम रहेको पनि बताए।

जिल्ला समन्वय समिति झापाको प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘ठूलो संघर्ष पश्चात देशमा लोकतन्त्र, गणतन्त्र र संघीय शासन व्यवस्था अनुसार संबिधान बनेको छ। संबिधान कार्यान्वयन गराउँदै सार्वभौमसत्ता सम्पन्न जनता बनाउछौं।’
ओलीले शासकीय सोच, गलत मनसाय, गलत योजना, नीति र व्यवहारमा हिडेपछि देश र जनतालाई सही दिशा दिन नसकिने बताए। त्यसैले गलत बाटो होइन, अब सही बाटो हिडेर नेपाली जनताको चाहना पुरा गर्नुपर्ने बताए।

 

‘सरकार कुनै मुद्दा ज्यूँदो राख्दैन,’ ओलीले भने, ‘गरिबी र पछौटोपन समाप्त पार्नेतर्फ लाग्छौ।’ जन्मिदै कोही शासक भएर आउँछ भने मान्य नहुने समेत उनले बताए। राजतन्त्र फर्काउन चाहानेहरू मानसिक गुलाम वा सचेतना नभएका व्यक्ति रहेको समेत उनले टिप्पणी गरे।

‘सदाचारको भाषण गर्ने तर भित्रभित्र कमिशन, घुस, भष्ट्रचारका पछाडि कुद्ने लोकतन्त्र हुदैन,’ उनले भने, ‘लोकतन्त्र भनेको जे भनिन्छ त्यहि गर्ने हो, यथार्थवादी लोकतन्त्र हुनुपर्छ ।’ गृह जिल्ला झापाको प्रशंगमा बोल्दै उनले झापा धान सुपरजोनको जिल्ला मात्र नभएर जिल्लाको कृषि क्षेत्रलाई सुपरजोन बनाउन सकिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.