|

काठमाडौं : वैशाख २८ गतेबाट 'फ्लाेर'मा जाने फिल्म ‘मनाङ्गे नानी’को 'ट्रेलर' रिलिज भएको छ। प्रेम, रोमान्स र द्वन्द्वलाई समेटिएको ट्रेलरमा फिल्मका प्राय: मुख्य कलाकारहरूले 'फिचरिङ' गरेका छन्।

शुभेच्छा फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा रिया गुरुङ, जेनिशा गुरुङ, कुशल गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङलगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। 

कथा, पटकथा तथा संगीत तथा निर्देशन खुसबहादुर गुरुङको रहेको फिल्ममा गौतम गुरुङ, सोलेबहादुर गुरुङ, भीमराज गुरुङ र टीकामाया गुरुङको संयुक्त लगानी रहेको छ। श्रीकृष्ण फुयाँलले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.