|

काठमाडौं : वैशाख २८ मा  नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि ओली भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।

मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन्। प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन्। लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्नेछन्। पूजापाठ सकिएपछि मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ। कार्यक्रममा मोदी र पोखरेलले सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.