|
फाइल फाेटाे

रुपन्देही : रुपन्देहीमा उत्कृष्ट ठहरिएका सामुदायिक विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा परे पनि अधिकांशले भर्ना पाएका छैनन्। उत्कृष्ट नतिजा ल्याएर स्थापित भएका सामुदायिक विद्यालयमा भर्नाका लागि आवेदन दिएका ६० प्रतिशतसम्मले भर्ना पाएनन्। बुटवलको कालिकालगायत विद्यालयमा निजी छाडेर आएका विद्यार्थीले समेत प्रवेश परीक्षामा नाम निकाल्न सकेनन्।

कालिका मावि शिक्षा मन्त्रालयबाट पटक–पटक पुरस्कृत भएको र नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा पर्दछ। यो शैक्षिक सत्रमा नयाँ भर्ना हुन तीन हजार एक सय ४३ जनाले प्रवेश परीक्षा दिएका थिए। तर, एक हजार दुई सयले मात्र भर्ना पाएका छन्। सो विद्यालयमा अहिले कक्षा १२ सम्म साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन्।

बुटवलकै चर्चित निजी विद्यालय छाडेर आएकाहरूले समेत नाम निकाल्न सकेनन्। यस आर्थिक वर्षदेखि कालिका र मानवज्ञान मर्ज भएर कालिका मानवज्ञान भएका कारण पनि विगतभन्दा धेरै विद्यार्थीले भर्ना हुने मौका पाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.