|

जनकपुरधाम : मोदी भ्रमणप्रति सोसल मिडियामा जति शंका–उपशंका छ, जनकपुरमा त्यति नै धेरै उत्साह र विश्वास छ। रोटीबेटीको सम्बन्ध भनिएको देशका पाहुनालाई स्वागत गर्न जनकपुर आतुर मात्र छैन, आशक्त नै देखिन्छ। चियापसल, पानपसल, भट्टी, सैलुन यत्रतत्र सर्वत्र भारतीय प्रधानमन्त्री मोदीको चर्चा छ ।

नीलम सञ्जिवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जी तीन राष्ट्रपतिलाई स्वागत गरिसकेको शहरले भारतीय सरकारप्रमुखलाई पहिलोपटक स्वागत गर्दै छ । ‘वास्तवमै ठूलो उत्साह छ,’ विश्लेषक डा। सुरेन्द्र लाभ टिप्पणी गर्छन्, ‘हरेक वर्ग, पेशा, समुदाय उत्साही छ ।’

उत्साहको कारण
रोटीबेटी सम्बन्ध, भाषिकरसांस्कृतिक निकटताले मधेसलाई यसै पनि भारतसँग नजिक बनाएको छ। मोदी हिन्दुत्ववादी नेता हुन्, बहुसंख्यक जनकपुरवासीको मोहमा हिन्दुत्व हुनुको फाइदा पनि मोदीले पाएका छन्। संविधानमा काठमाडौंसँग असहमत मधेसलाई सान्त्वना दिएर मोदीले मधेसको प्रेम बढाएका छन् । त्यसमा पनि मिडियाबाट मोदीको जुन खालको भव्य व्यक्तित्व निर्माण गरिएको छ, त्यसले पनि उनीप्रति आकर्षण आशक्तिको हदमा पुगेको छ।

‘मोदी भारतको मात्र नभई विश्वप्रसिद्ध नेता बनिसके,’ राजपाका स्थानीय नेता धर्मेन्द्र साह टिप्पणी गर्छन्, ‘यस्ता नेतालाई हेर्न पाउनु चानचुने अवसर होइन ।’ अहिलेको विश्वमा डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदी शक्तिशाली नेता हुन्, चारमध्येका एक आउनु जनकपुरको गौरवको विषय हो,’ उनी थप्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.