|

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियारसहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा सुरक्षाकर्मी हतियारसहित खटिनु सामान्य प्रक्रिया हो । नेपालबाट अन्य मुलुक भ्रमण गर्ने क्रममा पनि यस्तो हुन्छ । अहिले हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भ्रमणका क्रममा पनि यस्तै भएको हो ।’

गृह मन्त्रालयका अनुसार विशिष्ट व्यक्ति भ्रमणका क्रममा उनीहरूसँगै भ्रमणमा रहने सुरक्षाकर्मीका हतियारको लगत भने राखिनेछ । मोदी भ्रमणका क्रममा सुरक्षाकर्मीसँगै भित्रिएका हतियारको पनि लगत राखिएको गृहप्रवक्ता सुवेदीले बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा आउने सुरक्षाकर्मीका हतियारको लागत भने राखिन्छ । त्यसो हुँदा अहिले भएका भारतीय सुरक्षाकर्मी र उनीहरूसँगै भित्रिएका हतियारको पनि लगत राखिएका छन् ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.