|

रौतहट : हत्याको आरोपित रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन्। हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौंको अनामनगरबाट नगर प्रमुख कुशवाहलाई बिहीबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। 

तिवारीको हत्या अभियोगमा नगर प्रमुख कुसवाहलाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो। जिल्ला प्रहरीले मेयर कुसवाहलाई तत्काल पक्रेर बुझाउन मातहत चौकीलाई निर्देशन दिइए पनि उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो। उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै प्रमुख कुसवाहलाई फागुन २८ मा २० वर्ष जेल सजायको फैसला गरेको थियो।

अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको थियो। कुशवाह असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट कटहरिया नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.