|

काठमाडौ : नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) प्रेमीसँग खुसी थिइन्।

उनीहरु काठमाडौंमै लिभिङ टुगेदरमा थिए। त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए। यही क्रममा दुईबीच राजीखुसीसँगै शारीरिक सम्बन्धको भिडियो खिचियो। भिडियो दुवैले सेयर गरे। दुईबीच विवाहको कुरा चल्दै थियो। अचानक खटपट भयो। बोलचाल बन्द भयो। सम्बन्धमा खटपट आयो। 

यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो। भिडियो रातारात भाइरल बन्यो। सरिना तनावमा परिन्। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन। अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ। प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटासकिएको छ।

तर, घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन्। अनुसन्धानकै क्रममा भएकोले घटना सार्वजनिक नगरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। उनले भने ‘अपलोड भएको भिडियो हटाईएको छ। घटना शंकास्पद छ। अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा थप नभनौं।' 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.