|

सुनसरी : बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेपछि स्वास्थ्य अवस्था नाजुक भएको छ।

ममतालाई अधिकारकर्मीको पहलमा ओसिएमसी इनरुवाले सोमबार थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरेको थियो । तर, आमा र बच्चाको अवस्था गम्भीर देखेपछि यती एयरले लान नमानेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मीना भण्डारीले बताइन् ।

ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी सोमबार उनलाई विराटनगर लगिए पनि जहाजले लान नमानेपछि पुनः अस्पतालमै फिर्ता ल्याइएको छ। ममताले समेत काठमाडौं एक्लै जान नमानेकोे भण्डारीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.