बारा : बाराको कलैयामा जारी प्रथम कलैया मेयर कपको उपाधिका लागि बुधबार मौवादेवी युवा क्लब बडहर्वा र बारा ११ आमनेसामने हुँदैछन्।
दुई टिमबीचको खेल कलैयाको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो तीन बजे सुरु हुने छ। उपाधि भिडन्तको लागि मौवादेवीले निजगढलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बारा ११ ले बकुलियालाई पाखा लगाउदै फाईनल यात्रा तय गरेको हो।
बारा ११ ले पिपरा गोल्डकप, निजगढ गोल्डकप र पर्सागढी गोल्डकपको उपाधि जितेको थियो। यो वर्षको सुरुवातमा बारा ११ पहिलो पटक उपाधि नजिक पुगेको हो।
साक्षर सामुदायिक सिकाई केन्द्र कलैयाको आयोजना तथा कलैया उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २५ र उपविजेताले १५ हजार प्राप्त गर्ने प्रतियोगिता सम्याेजक साजिर मन्सुरले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।