|
संयोजन समिति बैठकअगाडि बालुवाटारमा विरुवा रोप्दै ओली र प्रचण्ड

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रीबीच पार्टी एकता गर्ने सहमति पार्टी एकता संयोजन समितिले अनुमोदन भएको छ। पार्टी एकता गर्न गठिन पार्टी एकता संयोजन समितिको बिहिवार बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए।

एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको नेता पोखरेलले बताए। अहिले दुवै पार्टीका केन्द्रीय समिति बैठक बसिरहेका छन्। 

बुधवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो।

समझदारी पछि दुवै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो। दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन्। 

एकतापछि बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ बन्नेछ। यसैगरी ९ सदस्यीय सचिवालय हुनेछ भने ४३ सदस्यीय स्थायी कमिटी हुनेछ। केन्द्रीय समितिमा एमालेका २ सय ४१ जना रहेका छन् भने माओवादीबाट २ सय सदस्य रहनेछन्। ९ सदस्यीय सचिवालयमा ५ जना एमालेका र ४ जना माओवादीक रहनेछन्। स्थायी समितिमा भने एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन्।

संयुक्त बैठकपछि निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दर्ता गरेछि आजै पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गर्नेछन्।

सम्बन्धित समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.