|

काठमाडौं: नेपालको समग्र मूल्य वृद्धिदर ५.३ प्रतिशत पुगेको छर  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नौ महिनाको तथ्यांक अनुसार मूल्य वृद्धिदर ५.३ प्रतिशतको पुगेको हो। 

गत वर्षको सोही अवधिमा ३.८ प्रतिशत रहेको थियो। खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढेको छ। 
 २०७४/७५ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको छ ।

खाद्य मुद्रास्फीति २०७४ चैत मसान्तमा खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा मुलतः तरकारी,फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढेको छ। 

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम राष्ट्र बैंकले जानएको छ। 

क्षेत्रगत आधारमा मूल्य वृद्धिदर  हिमालमा ७.० प्रतिशत, पहाडमा ६.० प्रतिशत, तराईमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा ४.३ प्रतिशत रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.