|

साविक विश्व उपविजेता अर्जेन्टिनाले रुस विश्वकपका लागि फाइनल टिम छनोट गरेको छ। उसले अधिका‌ंश अनुभवी खेलाडीलाई नै टिममा समावेश गरेको छ। लियोनेल मेसीको कप्तानीमा घोषणा गरिएको टिममा सर्जिओ अगुइरो, पाउलो ड्याब्ला र गोन्जालो हिगुइन लगायतले २३ सदस्यीय टिममा स्थान बनाए तर इन्टर मिलानबाट सिरि ए को टप स्कोरर बनेका माउरो इकार्डी भने टिममा छनोट भएनन्।

विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अगुइरोसँगै पाँच प्रिमियर लिग खेलाडीले स्थान बनाएका छन्। जसमा अगुइरोका सिटीका टिम मेट निकोलास ओटामेन्डी पनि छन्। त्यस्तै वेस्टह्यामका म्यानुअल लाजिनी, म्यानचेस्टर युनाइटेडका सर्जिओ रोमेरो र मार्कोस रोजोले स्थान बनाउँदा चेल्सीका विली काबेलेरोले टिममा स्थान बनाए।

अर्जेन्टिनाले आफ्नो विश्वकप यात्रा आगामी १६ जनुमा आइसल्यान्डविरुद्धको खेलबाट सुरु गर्नेछ। समूह डी मा  रहेको अर्जेन्टिनाले समूह चरणमा क्रोएसिया र नाइजेरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ टिम–

गोलरक्षक- सर्जिओ रोमेरो(म्यानचेस्टर युनाइटेड), विलि कावलेरो(चेल्सी), फ्रान्को अर्मानी(रिभर प्लेट)।

डिफेन्डर- गाव्री मेर्काडो(सेभिल्ला), फेडेरिको फाजियो(रोमा), निकोलास ओटामेन्डी(म्यानचेस्टर सिटी), मार्को रोजो(म्यानचेस्टर युनाइटेड), निकोलस टागलाफिको(अजाक्स), जाभियर मास्चेरानो(हेवी र्फच्युन), मार्कोस अकुना(स्पोर्टिङ लिसबोन), क्रिस्टियन अनसाल्डी(टोरिनो)।

मिडफिल्डर- एभर बनेकगा(सेभिल्ला), लुकास विगला(एसि मिलान), एञ्जल डी मारिया, जियोभानी लो सेल्सो(पिएसजी), म्यानुअल लाजीनी(वेस्ट हाम), क्रिस्टियन पाभोन(बोका जुनियर्स), म्याक्सीमिलियनो मेजा(इन्डीपेन्डेन्ट), एडवार्डो सालभीओ(बेनाफिका)।

फरवार्ड- लियोनेल मेसी(बार्सिलोना), गोन्जालो हिगुइन, पाउलो ड्याब्ला(युभेन्टस), सर्जिओ अगुइरो(म्यानचेस्टर सिटी)।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.