|

काठमाडौं : नेपालका सरकारी निकायले सन् २०१७ मा ११० वटा एकाउन्टसम्बधी विवरण मागेको तथ्य फेसबुकले सार्वजनिक गरेको छ। यो साता उसले सार्वजनिक गरेको ‘ट्रान्सपरेन्सी’ प्रतिवेदनमा नेपालबाट पटक–पटक गरी ११० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको हो।

कान्तिपुर दैनिक लेख्छ– तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ को जनवरीदेखि जुनसम्म सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो। त्यसमध्ये ४१ वटा एकाउन्टको विवरण कानुनी प्रक्रियाको क्रममा मागिएको थियो।

फेसबुकले सरकारबाट आउने विवरण उपलब्ध गराउनुअघि कानुनी पक्ष बुझेर मात्रै उपलब्ध गराउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.