कहाँ काम गर्दा कति जोडे सम्पत्ति?

|

काठमाडौं: केपी शर्मा ओली मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको विवरणलाई सत्य मान्ने हो भने सबैभन्दा धनी भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ र दोस्रोमा अर्थमन्त्री युवराज खतिवडा छन्।

देशको बजेट र स्रोत व्यवस्थापनको दौडधुपमा रहेका अर्थमन्त्री खतिवडाको आफ्नो आर्थिक स्थिति कस्तो छ त? अाम्दानीलाई उत्पादमूलक क्षेत्रमा लगानी गर्न प्रशिक्षण दिने खतिवडाले आफूले कहाँ लगानी गरेका छन् त? सबैको चासोको विषय बनेको छ। 

नेपालमा मात्रै नभई विदेशी संस्थामा पनि काम गरेको अनुभव भएका खतिवडाको ६२ हजार ७०३ डलर बैंक खातामा रहेको छ।  नेपाली रुपैयाँ ९१ लाख भन्दा बढी बैंक खातामा रहेको छ।

कृषि तथा पशुधन नजोडेका खतिवडाको गरगहना, घरजग्गा, शेयर तथा बैंक खता र केही नगद रकम समेत देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबारलाई तोकेको डलरको मूल्य अनुसार हिसाव गर्ने हो भने विभिन्न बैंकमा खतिवडाको रकम एक करोड ६० लाख रुपैयाँ रहेको छ।

उनको घर जग्गा भने काठमाडौं, भक्तपुर, दोलखा र झापा गरी चार जिल्लामा छ।  त्यस्तै आफ्नो नाममा ५ हजार कित्ता, श्रीमतीको नाममा ५० कित्ता शेयर रहेको खतिवडाको १० तोला सुन, एक केजी चाँदी र एक लाख नगद रहेको उल्लेख गरिएको छ। 

कहाँ काम गर्दा कति कमाए?
अर्थमन्त्री खतिवडासँग भएको  ६२ हजार ७०३ अमेरिकी डलरसहित घरजग्गा राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको आम्दानीबाट जोडेको उल्लेख गरेका छन्। 

राष्ट्र बैंकको सेवामा हुँदा सापटी लिएर काठमाडौंमा आफै घर बनाएको खतिवडाले उल्लेख गरेका छन्। श्रीमती कमला खतिवडाको नाममा काठमाडौंमा भएको १४ आना जग्गा, भक्तपुरको चागुनारायणमा १२ आना जग्गा र आफ्नो नाममा चागुनारायणमा भएको १२ आना जग्गा पनि संयुक्त राष्ट्र संघमा काम गर्दा आएको आम्दानीबाट किनिएको बताइएको छ। 

निजी बचतबाट किनिएको बताइएको झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा र श्रीमतीकै नाममा  कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको उल्लेख गरिएको छ। श्रीमतीसँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा रहेको ४ रोपनी १ आना जग्गा भने राष्ट्र संघमा कन्सल्टेन्सी गरेको आयबाट किनिएको उल्लेख गरिएको छ। 

सुन र चाँदीको स्रोत भने पारिवारिक आम्दानी र निजी बचत रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.