|

काठमाडौं : सहज रूपमा दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दलको मान्यता पाउन निकै कसरत गर्नुपर्ने भएको छ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा रहेका कतिपय प्रावधानले दलको मान्यता पाउन नेकपाले बढी मिहिनेत गर्नुपर्ने देखिएको समाचार गोरखापत्र दैनिकमा छ। निर्वाचन आयोगमा कानुन हेर्ने ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १५ को उपधारा(४) मा ‘दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ’ भन्ने प्रावधान रहेको बताए।

हालै गठन भएको नेकपाको घोषित ४४१ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत पुग्न १४६ जना महिला हुनुपर्नेछ। पार्टीको हालको केन्द्रीय समितिमा महिलाको संख्या ७५ छ। यो १७ प्रतिशत हो।

यसैगरी विधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको सामाजिक विधिता प्रतिविम्बित हुनेगरी आफ्ना सदस्यहरूबाट त्यस्ता समितिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने भनी किटान गरिएको ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.