|

काठमाडौं : कानुनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २२ मन्त्रीको सरकार गठन भएको ९५ दिनमा सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। यसलाई बिहीबार छापिएका प्रायः दैनिक पत्रिकाले अग्रपृष्टमा मुख्य समाचार बनाएका छन्।

अन्नपूर्णपोस्ट दैनिकले प्रधानमन्त्री ओलीको सम्पत्ति ह्वात्तै बढेको समाचार छापेको छ। २०७२ मा प्रधामन्त्री हुँदा ओलीको एभरेष्ट बैंकमा सात लाख रुपैयाँ मात्रै बचत भएको तर बुधबार सार्वजनिक भएको सम्पत्ति विवरणमा सोही बैंकमा बचत रकम ४२ लाख उल्लेख भएको समाचार छ।

मन्त्रिपरिषदमा सबैभन्दा धनी मन्त्रीमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। मन्त्री महासेठले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको समाचार उल्लेख छ। यस्तै, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्तिको नाममा थोत्रो साइकल रहेको उल्लेख गरेको भएपनि उनीसँग ५५ लाख नगद, सुन र घरजग्गा रहेको समाचार छापिएको छ।

कान्तिपुर दैनिकले मन्त्रीहरुको सम्पत्तिलाई लिएर ‘गरिब मन्त्री धनी श्रीमती’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। मन्त्रीहरुले अधिकांश जिन्सी तथा नगद सम्पत्ति श्रीमतीको नाममा देखाएका छन्। सबै विवरण हेर्दा मन्त्री जति गरिब, श्रीमतीहरु भने धनी देखिन्छन् भन्ने उल्लेख छ।

२२ सदस्यीय मन्त्रिपरिषदमा भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री डा, युवराज खतिवडा सबैभन्दा धनी रहेकाे समाचार कारोबार दैनिकले प्रकाशन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.