|

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेसीको टिसर्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुुचुरोमा पुर्याएको छ। मेसीका समर्थक डन जेनग्लोेवुले मेसीको अर्जेन्टिनी टिसर्टलाई सगरमाथाको चुचुरोमा पुयाएका हुन्।

मेसीका ८९.५ मिलियन फेसबुक फलोअर्सले मेसीको टिसर्टलाई सगरमाथाको शिखरमा पुर्याएकोमा उनको उच्च प्रशंशा गरेका छन्। फेसबुकमार्पmत उनले सगरमाथाको शिखरमा पुगरे मेसीको टिसर्ट सो गरेका फोटो सार्वजानिक गरिएको छ।

मेसिको टिसर्टलाई सगरमाथाको शिखरमा पुर्याएपछि जेनग्लोबुलाई विश्वभरका मेसीसमर्थकले बधाइ दिएका छन्। साथै लियोनेल मेसीलेपनि जेनग्लोबूलाई विश्वकै अग्लो शिखरमा पुग्न सफल भएकोमा यो अविश्वसनिय कामका लागि बधाई भनेका छन्।

उनले भने, ‘बधाइ छ जेनग्लोबुलाई सगरमाथाको शिखरमा पुगेकोमा यो अविश्वसनिय उपलब्धीका लागि साथै म प्रतिको यति ठुलो समानका लागि धन्यवाद दिन चाहान्छु।’अहिले मेसी विश्वकपको अभ्यासका लागि ब्युनसएआर्यसमा ब्यस्त रहेका छन्। उनी २९ मेमा हुने मैत्रिपूर्ण खेलको तयारीमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.