काठमाडौं : प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारवाही गरेको छ। उनीहरूमाथि प्रधान कार्यालयले विभागीय कारवाही गरेको हो।
गत पुस १६ गते सुनसरीको इटहरी हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीमाथि भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले माझी र दाहाललाई कारवाहीका लागि प्रधान कार्यालय तानेको थियो।
उक्त घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र प्रहरी निरीक्षक दाहाललाई विभागीय कारवाही गरेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाले जानकारी दिए। उनका अनुसार एसपी माझीलाई एक वर्षको ग्रेड रोक्का गरिएको छ भने प्रहरी निरीक्षक दाहालको तल्लो साइन स्केल अथवा एक पद तल घटुवा गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।