|
फाइल फोटो

काठमाडौं : बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) प्रतिवेदनलाई वन मन्त्रालयले स्वीकृति दिएको छ।

बुधबार स्वीकृत भएको ईआईए प्रतिवेदनअनुसार ९० प्रतिशत जंगल पर्ने भएकाले २४ लाख रुख कटान गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरव निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले जानकारी दिएको समाचार कारोबार दैनिकमा छ।

‘६ लाख साल र १८ लाख अन्य गरेर २४ लाख रुख पर्नेछन्’, अधिकारीले भने। ईआईए प्रतिवेदनअनुसार रुखको बिक्रीबाट ६९ अर्ब १९ करोड ६५ लाख आठ हजार ४७५ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। यसवापत वनलाई २१ अर्ब २१ करोड दिनुपर्ने अनुमान गरिएको छ।

नयाँ पत्रिका दैनिक लेख्छ–  ईआईए प्रतिवेदनअनुसार रुख कटानसहित 'साइट क्लियरेन्स'का लागि मात्र करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

एक रुख काटेबराबर २५ रुख राेप्ने प्रावधान भए पनि राष्ट्रिय गौरवका अायोजनाकाे हकमा रोप्नुपर्ने रुखको मात्रा घटाउन सरकारले पहल गर्नुपर्ने प्राधिकरणका अधिकारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.