|

पाल्पा : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रमा जरा गाडेर बसेको ठेकेदारी प्रथाको अन्त्य गर्ने बताएकी दिएकी छन्। स्वास्थ्य कार्यालयका भवन निर्माणदेखि औषधि खरिदको जिम्मा लिने, तर समयमा पूरा नगर्नेहरुलाई उनले कारबाही गरिने बताइन्।

पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनको शनिबार तानसेनमा उद्घाटन गर्दै उनले भनिन्, ‘काम गर्ने जिम्मा लिएर तीन÷चार वर्षसम्म पनि काम नगर्नेहरुलाई कारबाही गरिनेछ।’ उनले स्वदेशी उत्पादनलाई वढवा दिनेगरी सरकारले योजना बनाएर अगाडि बढेको सुनाइन्।

स्वदेशीभन्दा विदेशी उत्पादनलाई वढवा दिने ठेकेदारहरु क्रमशः सरकारले निरुत्साहित गर्ने उनको भनाइ छ। सस्तो मूल्यको वहानामा विदेशी उत्पादनलाई वढवा दिने ती ठेकेदारको रबैयाले स्वदेशी उत्पादनलाई फस्टाउन नदिएको उनले आरोप लगाइन्। विदेशी औषधिका पोका बोकेर सस्तोमा पाइन्छ भन्नेहरुको दिन अब सकिएको उनले बताइन्।

राज्यमन्त्री अर्यालले नेपालमा राजनितिक क्रान्तिको अन्त्य भएको भन्दै अब आर्थिक र सम्वृद्धिको क्रान्ति आवश्यक रहेको बताइन्। यसको लागि स्वदेशी उत्पादन, साना तथा मझौला व्यापार व्यवासयालाई प्रवद्र्धन गर्नुपर्छ उनले भनिन् केहि मुटठीभरका व्यापारीहरुका कारण यहाँको आर्थिक सम्वृद्धि हुन नसकेको हो । अब सरकारले यो प्रथाको अन्त्य र सबै ठूला साना व्यापार व्यावसायलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याउदै छ।

 बुटवल र पोखराजस्तो ठूला सहरले च्यापिएको जिल्ला पाल्पाको  विकासको लागि यहाँको मौलिक पहिचान खोज्न आवश्यक रहेको उनले बताइन्। विगत देखिको यहाँको नारा शिक्षा, स्वाथ्य र पर्यटनलाई सार्थक बनाउने खालका योजना बनाएर अगाडि बढ्न उनले सुझाव दिइन्।

उनले भनिन् यहाँको ढाका र करुवाको प्रवद्र्धन गर्नु पर्छ र रानीघार र आलमदेवीलाई तानसेनसँग जोड्नको लागि रानीघाटमा जलविद्युत परियोजना संचालन गर्नुपर्छ। तबमात्र यहाँको संमृद्धि र विकास हुन्छ।

यसअघि स्वास्थ्य राज्यमन्त्री अर्यालले तानसेनस्थित  अस्पताल, युनाइटेड मिशन अस्पतात र लुम्विनी मेडिकल कलेजको अनुगमन गरेकी थिइन्। सोही क्रममा उनले स्वास्थ्य  बिमा कार्यक्रमलाई देशैभर सञ्चालन गर्ने र प्रभावकारी बनाउने योजनामा आपूm रहेको बताइन्।                                       

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.