डोटी : जिप दुर्घटना हुँदा डोटीमा चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि हिँडेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्।
मृतकमा चालक रामबहादुर बिक, जिपका साहु भगत द्धारिया र ईन्नरी रावत रहेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिए। थप एकजना मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन।
घटनास्थलमा प्रहरी पुगिसकेको छ उद्धार कार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।