|

विश्वकपको महाकुम्भ सुरु हुन अब सात दिन मात्र बाँकी छ।  विश्वकमा चर्चित खेलाडीको मात्र धेरै चर्चा हुने गरेको छ। हरेक विश्वकपमा युवा खेलाडीले पनि छुट्टै पहिचान बनाउन सफल भएका छन्। युरोपलगायत विभिन्न देशको क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका यी युवा खेलाडीले यो विश्वकपमा 'स्टार प्लेयर' बन्लान् त ? 

आन्द्रे सिल्भा 

आन्द्रे सिल्भालाइ स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विकल्पका रूपमा हेरिएको छ। एसी मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका पोर्चुगलका २२ वर्षीय सिल्भाले विश्वकप छनोट खेलमा रोनाल्डोलाई दरिलो साथ दिएका दिए। 

गाब्रिएल जेसुस

गाब्रिएल जेसुस म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर हुन्। २१ वर्षीय उनले  ब्राजिलको सेन्टर फरवार्ड समस्या समाधान गर्ने अपेक्षा गरिएको छ। सानो उमेरमा अद्भूत क्षमता भएका खेलाडी हुन्, जेसुस। 

क्रिस्टियन पाभोन

उपाधि दावेदार मानिएको अर्जेन्टिनाका २२ वर्षीय युवा स्ट्राइक क्रिस्टियन रुसमा उदियमान खेलाडीका रूपमा देखिन सक्छन्। अघिल्लो वर्ष मात्र राष्ट्रिय टिममा डेब्यु गरेका क्रिस्टियन 'अट्याकिङ' पावरमा अब्बल मानिन्छन्। 

मार्क्स एसेसिन्यो 

२२ वार्षीय मार्क्स एसेसिन्यो स्पेनका खेलाडी हुन्। रियल मड्रिडबाट क्लब फुटबल खेल्ने मार्क्स एसेन्सियो स्पेनको युवा टोलीका मुख्य सदस्य हुन्। स्पनेको भविष्यका रूपमा हेरिएका एसेन्सियोले जरी रियलमा प्रभाव जमाए रुसमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

डेभिन्सन सान्चेस

कोलम्बियाका डेभिन्सन सान्चेस सन २०१७ मा टोटेनहमबाट व्यावसायिक फुटवल खेलिरहेका छन्। २१ वर्षका उनले कोलम्बियन टिममा प्रभाव जमाउने विश्वास गरिएको छ। 

मार्क्स यार्सफोर्ड 

मार्क्स यार्सफोर्ड इंग्ल्यान्डका २० वर्षीय खेलाडी हुन्। म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी प्रशिक्षक ग्यारेथ साउथटेको पहिलो रोजाइमा पर्न सक्छन्। 

किलियन बाप्पे 

उपाधि दाबेदार फ्रान्सका खेलाडी किलियन बाप्पे १९ वर्षका भए। तर उनको क्षमताबाट सारा विश्व फुटबलका समर्थक जानकार छन्। पेरिस सेन्ट जर्मेनबाट व्यवसायीक खेल खेल्दै आएका उनलाई कुनै परिचयको आवश्यकता छैन। उनले यो प्लेटफर्ममा आत्मविश्वासी प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.