|

अागामी बिहीबारदेखि सुरु हुने विश्वकपको तयारीको अन्तिम चरणका मैत्रिपूर्ण खेलमा चर्चित देशले जित निकालेका छन्। साविक विश्व च्याम्पियन जर्मनी र स्वीट्जरल्यान्डले जित निकालेका हुन्।

लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबियालाई २-१ ले पराजित गर्‍यो। रुसविरुद्ध विश्वकपको उदघाटन खेलको तयारीमा रहेको साउदीको पोष्टमा आठौं मिनेटमै जर्मनीका युवा स्ट्राइकर टिमो वेर्नरको गोल चुमाए। तर, जर्मनीविरुद्ध तुलनात्मक रुपमा साउदी संयमित देखिन्थ्यो।

४३औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-० को अग्रता लियो। खेलको अन्ततिर साउदीका ताइसिर अल जासीमको गोलसँगै साउदीले जर्मनीविरुद्ध एक गोल फर्काउन सफल भयो। जर्मनी प्रतियोगिताको समूह एफमा छ। जर्मनीको समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया छन्।

शुक्रबार राति कै अर्को खेलमा स्वीट्जरल्याण्डले एशियाली टोली जापानलाई २-० ले पराजित गर्‍यो। स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत अग्रता दिएका थिए। ह्यारिस सेफरोभिकको गोलसँगै स्वीट्जरल्यान्ड २-० गाोलले विजयी भयो। त्यस्तै, अन्य मैत्रिपूर्ण खेलहरुमा इरानले लिथुवानियालाई १-० ले हराएको छ भने क्रोएशियाले सेनेगललाई २-१ ले पराजित गरेको छ। पोल्याण्ड र चिलीले २-२ गोलको बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.