|

काठमाडौं : चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सम्पन्न भएको छ। राष्ट्रिय भलिबल संघको आयोजनामा गत जेठ २१ बाट सुरु भएको प्रतियोगितामा छवटा टिमले सहभागिता जनाएका थिए। गत फागुनमा भएको एनभिए राष्ट्रिय च्याम्पियनसीपमा भाग लिएका नौ टिममध्येका उत्कृष्ट छ टिमले उक्त प्रतियोगितामा भाग लिने अवसर पाएका थिए।

प्रतियोगिताको समापन कार्यक्रमको अवसर पारेर प्रतियोगिताभर विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कृत गरिएको थियो। प्रतियोगिताको समापनसँगै भएको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, नेपाल स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गीलगायतले पुरस्कार वितरण गरेका थिए।

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.