|

जाजरकोट : नलगाड नगरपालिका २ का २० वर्षीय महेन्द्र ओलिको भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय द्वारेलेखमा घाँस काट्न गएका ओली बाटोमा चिप्लिएर मृत्यु भएको स्थानीय मोतीराम हमालले जानकारी दिए। 


भीरबाट लडेर महिलाको मृत्यु

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका ८ का धीरबहादुर रावलकी २२ वर्षीया श्रीमति सरिता रावलको घास काट्न जंगलमा गएको बेला भीरबाट लडेर मृत्यु भएको छ। बुधबार दिउँसो खुलालु भीरमा घास काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो।

सरिताको ३ वर्षीय छोरा १ वर्षीया एक छोरी रहेका जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार बिष्टले बताए। ‘जंगलमा घास काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो’ उनले भने, ‘मृतक रावलका एक छोरा र एक छोरी रहेका छन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.