|

जुम्ला : हुम्लाकी एकजना सुत्केरीलाई हेलिकोप्टरबाट आपत्कालीन उद्दार गरी ज्यान बचाइएको छ। हुम्लाको चँखेली गाउँपालीका–६ मेल्छमकी १९ वर्षीया वसन्ती शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारपछि ज्यान बचेको हो। 

चार दिन यता बेथा लागके पनि सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत जुम्ला ल्याइ शल्यक्रिया गरेर बच्चा निकालिएको प्रतिष्ठानका डाक्टर विनोद अर्यालले बताए। जुम्ला पुगे लगत्तै शल्यक्रिया गरेर सुत्केरी शाहीको ज्यान बचाइएको तर पेटभित्रै बच्चाको ज्यान गइसकेको उनले बताए। 

सुत्केरी ओसार्ने क्रममा भएको हेलिकोप्टरको खर्च कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले बेहोर्ने जनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.