एनओसी र आइओसीबीचको खरिद प्रक्रियामा समस्या

|

भद्रपुर, (झापा) : झापासहित मेचीका चार जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखा परेको छ।

पूर्वका पम्पहरूमा पेट्रोलियम पदार्थ नियमित रूपमा विक्री वितरण हुन छाडेपछि सर्वसाधारण जनता मारमा परेका छन्। अहिले पूर्वका अधिकांश पम्पहरूमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव छ। कतिपय पम्पहरू बन्द गरिएको छ, भने केही पम्पहरूले डिजेल मात्र विक्री वितरण गरिरहेका छन्। पेट्रोल पाउन छाडेपछि बजारमा पेट्रोलियम पदार्थको कालाबजारी सुरु भएको छ।

प्रतिलिटर ११० रुपैयाँ पर्ने पेट्रोल बजारमा १२० देखि १३० सम्म बिक्री वितरण भइरहेको सवारीधनि तथा चालकहरू बताउँछन। भद्रपुरस्थित सन्तोष ट्रेडिङमा आइतबारदेखि पेट्रोल नभएकोले दैनिक सर्वसाधरण फर्किरहेका छन्। केहिले पेट्रोल आउँछ र वितरण गरिन्छ भन्नेमा पम्पका कर्मचारी आफैँ अन्यौलमा छन्। 

यता नेपाल आयल निगम अन्तरगतका मेचीनगरस्थित चाराआली डिपोले इण्डियन आयल कर्पोरेशन (आइओसी) अन्तरगत पश्चिम बंगालस्थित सिलगुढी डिपोबाट पेट्रोलियम पदार्थ खरिद गरी पूर्वका पम्पहरूलाई बिक्री वितरण गर्दै आइरहेको छ। तर, केहीदिनदेखि सिलगुढी डिपोसँग गरिएको खरिद प्रक्रियामा समस्या उत्पन्न भएपछि मेचीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको नेपाल मेची पेट्रोलियम डिलर्स एसोसिएनका वरिष्ठ उपाध्यक्ष लय भण्डारीले जानकारी दिए।

उनका अनुसार नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन बीच भएको खरिद प्रक्रिया बमोजिम चाराआली डिपोले सिलगुडी डिपोसँग पेट्रोलियम पदार्थ फाइनल बोइलिङ पोइन्ट (एफबीपी) २०० सेलमा खरिद गर्दै आइरहेका थिए। तर, अहिले सिलगुडी डिपोले २०० सेलको ठाउँमा २०५ देखि २२५ सम्म बिक्री गर्दै आइरहेको छ। जुन खरिद प्रक्रिया नेपाल आयल निगमसँग गरिएकोभन्दा फरक हो।

उनले भने, ‘नेपाल आयल निगमले खरिद प्रक्रियालाई परिमार्जन नगरे दैनिक मेचीमा पेट्रोलियम पदार्थको अभाव भइरहने छ।’ सोमबार बेलुका २०० सेल पेट्रोलियम पदार्थ भित्रिएकोले केही दिनदेखि समस्या बुधवारदेखि केही दिनका लागि सहज हुने उनले बताए।

त्यस्तै चाराआली डिपोका कार्यालय प्रमुख सनम कार्कीले खरिद प्रक्रियाकै कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएको हो। यसकाको समाधानका लागि नेपाल आयाल निगमलाई जानकारी गराइसकेको उनले बताए। झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी मासिक २५ देखि ३० लाख लिटर सम्म पेट्रोलियम पदार्थ बिक्रीवितरण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.