|

जुम्ला : तिला गाउँपालिका-३ त्रीवेणीमा नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ। सरस्वती मावी कुडारीमा अध्ययनरत १४ वर्षे छात्रा कमला रावतको तीला नदीमा डुवेर मृत्यु भएको हो। डुवेकी छात्रालाई उद्धार गरी स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।

विद्यालय छुट्टी भइसकेपछि घर जाने क्रममा साथीसँग खोलामा नुहाउँदै गर्दा डुवेर किशोरीको मृत्यु भएको जनाइएको छ। मृतकको शव पोष्टमार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.