|

काठमाडौं : फिफा विश्व कपमा खेल्नु मात्रपनि फुटबल खेलाडीका लागि सपना हुनेगर्छ। त्यसमाथि विश्व कप खेलेरै नायक बनेका खेलाडीले जीवनमा त्योभन्दा थप सफलता कमाउन कठिन नै हुन्छ। फुटबल खेल विश्वमा यति प्रसिद्ध भइसक्यो कि यसको विकल्पमा अब कुनै खेल उभिनसक्ने अवस्था समेत छैन। यो सुन्दर खेल हेर्न नचाहने सम्भवतः कोही हुदैनन् होला। त्यसैले त अहिले सारा विश्व फुटबलमय बनेको छ। खेलाडीका रुपमा कतिपय ठूला नामहरु विश्व कपबाट निस्किएका छन्। विश्व कपमा यस्तै केही खेलाडी ‘सरप्राइज प्याकेज’ का रुपमा अघि आएका छन्।

डियगो म्याराडोना (अर्जेन्टिना) – १९८६
यो सूचीमा डियगो म्याराडोनाको नाम पर्नु नै ठूलो अचम्म हो। तर, सन् १९८६ को विश्व कप सुरु हुनुभन्दा अगाडि कसैले त्यो होचो ठिटो त्यति महान खेलाडी बन्छन् भन्ने कल्पना समेत गरेका थिएनन्। हुनत सन् १९७८ को विश्व कपमा अर्जेन्टिनाले उनलाई टोली मै समावेस गरेन भने १९८२ मा ब्राजिलविरुद्ध रातो कार्ड खाएर उनी मैदान बाहिर आएका थिए। तर, उनकै नेतृत्वमा सन् १९८६ मा भने अर्जेन्टिना विश्व विजेता बन्यो। साथै त्यही बेला म्याराडोनाले विश्व कप इतिहासमा सर्वाधिक सम्झनलायक र बिर्सनलायक गोल समेत गरे। तर, उनको खेलका अगाडि उनका सबै गल्ती माफ मात्र भएनन् उनी शताब्दिकै महान खेलाडी समेत बने।

रोजर मिल्ला (क्यामरुन) – १९९०
३८ वर्षको उमेर। त्यो उमेरमा त अधिकांश खेलाडीले सन्यास लिएर वैकल्पिक पेशा अंगालिसकेका हुन्छन्। तर मिल्लाले त्यो चाहेनन्। क्यामरुनको सर्वाधिक सफल विश्व कप यात्रामा त्यही मिल्लाले ४ गोल समेत गरे। प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग हार्नु अगाडि उनले विश्वभरका फुटबल प्रेमीको मन जितिसकेका थिए। गोल हानेपछि खुशी व्यक्त गर्ने उनको शैली अहिलेसम्म पनि त्यो विश्व कप हेरेकाको मस्तिष्कमा ताजै छ। सो शैली उनको ट्रेडमार्क बनेको छ। भेट्रान ती खेलाडीले त्यो उमेरमा समेत आफ्नो प्रदर्शनबाट फुटबल प्रेमीको मन जित्ने कल्पना शायदै कसैले गरेका थिए।

जेभियर हर्नानडेज (मेक्सिको) – २०१०
अन्तर्राष्ट्रिय फुटबल मैदानलाई मेक्सिकोले सधैं अद्धितीय खेलाडी उपहार दिने गरेको छ। तर, सबैले आपूmलाई विश्वस्तरको खेलाडीका रुपमा प्रमाणित गर्न सकेका छैनन् पनि। हर्नानडेज भने वास्तवमा दक्षिण अमेरिकाले विश्वलाई दिंदै आएको क्षमतायुक्त खेलाडीको सूचीमा पर्छन्। सन् २०१० को विश्व कपमा उनले आपूmलाई प्रमाणित गरे। सो विश्व कप अगाडि त्यति नाम नसुनिएका हर्नानडेज सो आयोजनापछि भने सबैको मनमा छाप छोड्न सफल रहे। त्यो आयोजनापछि उनले सफलताका लागि कहिल्यै पछाडि फर्केर हेर्न परेको छैन।

जेम्स रोड्रिग्युज (कोलम्बिया) – २०१४
विश्व कपको कपको पछिल्लो आयोजनामा जेम्स रोड्रिग्युजले झैं अरु कसैले आपूmलाई प्रमाणित गर्न सकेनन्। सम्भवत् उनी नै सो आयोजनामा सर्वाधिक योग्य खेलाडी थिए। उनको गोल, उनको सहयोग तथा उनकै अग्रसरतामा ब्राजिलसँग हार्नु अगाडि कोलम्बिया क्वार्टरफाइनलसम्म पुग्यो। तर, ति दिनपछि पछि जेम्सको खेलप्रतिको लगावकै कारण कोलम्बियाले सफलताको उचाइँ चढ्दै गयो। अहिले हामी सबै उनको नामबाट परिचित छौं तर, ४ वर्षअघिसम्म हामीले उनको नाम समेत सुनेका थिएनौं।

ग्युलेर्मो ओचोआ (मेक्सिको) – २०१४
गोलरक्षक ओचोआले गत विश्व कपमा गरेका रक्षाहरु अहिले पनि सम्झनलायक छन्। गोलपोस्टमा पर्खाल झैं अडिग रहने उनलाई बुफोन वा कानको समकक्षमा पनि राखिन्छ। यो उनीप्रतिको न्याय नै हो। वास्तवमा उनीसँग महान गोलरक्षकमा हुने सबै गुण छन्।

सर्जियो गोयकोचिया (अर्जेन्टिना) – १९९०
त्यो आयोजनामा गोयकोचिया पहिलो रोजाइको गोलरक्षक थिएनन्। उनी त पहिलो पटक तयार पारिएको अर्जेन्टिनी टोलीमा दोस्रो रोजाइको गोलरक्षकसम्म पनि बन्नसकेका थिएनन्। तर, अन्त्यमा नाटकिय रुपमा टोलीमा स्थान बनाएका गोयकोचियानै अर्जेन्टिनालाई त्यो आयोजनाको फाइनलसम्म पु¥याउने नायक बने। उनको पेनाल्टिलाई हरेक कोणबाट सही मापन गर्नसक्ने क्षमता तथा अद्धितीयरुपमा बललाई रोक्नसक्ने क्षमताको कारण कमजोर मानिएको अर्जेन्टिना फाइनलसम्म पुग्यो। तर, फाइनलमा जर्मनीसँग उनको क्षमताले काम गरेन तथा अन्ततः पेनाल्टिमै अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाउनु पर्‍यो। विश्व कप सुरु हुनुभन्दा अगाडि कसैले नाम समेत नसुकेका गोलरक्षक एकाएक नायक बनेर विश्व फुटबल मैदानमा उदाए।

थोमस मुलर (जर्मनी) – २०१०
दक्षिण अफ्रिकामा आयोजित विश्व कप खेल्न जाँदा जर्मनी उपाधिको दावेदार मानिएको थियो तर, मुलरको खेलसँग जानकार थोरै मात्र थिए। अन्तिम १६ मा इंंग्ल्यान्डविरुद्धको एक तथा क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको दुई गोलले उनलाई रातारात स्टार बनायो। दुई वटा पहेंलो कार्ड खाएको कारण जर्मनीले स्पेनसँग हार व्यहोरेको समिफाइनलमा उनी खेल्न पाएनन् तरपनि कसैलाई द्विविधा थिएन, अर्को एउटा स्टारको जन्म भयो भन्ने बारे। सन् २०१० मा प्रतिभाशाली युवा खेलाडीका रुपमा उदाएका मुलरले त्यसपछि आपूmलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.