|
फाइल

रुपन्देही : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ। तत्काल मुआब्जा वितरणका लागि दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ।

मुआब्जा वितरणका लागि  दुई अर्ब आइसकेको अब वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले बताए। मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन भएको शर्माले बताए। 

एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट पाँच अर्ब निकासा भए पनि खातामा रकम जान सकेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरुले गौतमविरुद्ध नाराबाजी गर्दै उनको राजीनामासमेत माग गरेका थिए। 

आन्दोलनको नेतृत्व गरेका प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट निकासा भएको पाँच अर्बमध्ये दुई अर्ब आइसकेको जानकारी पाएपछि आन्दोलन स्थगन गरिएको बताए। 

त्यस्तै, पीडितहरुले आगामी साउन महिनादेखि १० लाखबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै लाभकर खारेज गर्नुपर्ने माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.