|

रुकुम : आफ्नै भाइको हत्या गरेर रुकुम पश्चिममा एकजनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। जिल्लाको आठबिसकोट नगरपालिका ठूली वार्खुका रुद्रे पुन मगरले सहोदर भाइ जोखबहादुर भन्ने इन्द्रे पुन मगरलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ।

प्रहरी निरीक्षक ऋषि ढुंगानाका अनुसार उनीहरु दुवैजना अंश बण्डाको कामको शिलशिलामा सदरमुकाम खलंगा आएर घर फर्कने क्रममा बाँफिकोट गाउँपालिका-६ मग्मास्थित डिल्ली पुनको घरमा बसेका थिए। जहाँ अंशबण्डाको मुद्दा विषयलाई लिएर विवाद गर्दा निज रुद्रे पुन मगरले भाइ इन्द्रे पुन मगरलाई दाउरो प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले  आएको हो। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.