|

लमजुङ : प्रहरीले अबैध रूपमा तीन थान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीचौकी गौडा लमजुङबाट खटिएको प्रहरी टोलीले राइनास नगरपालिका १० प्याजुङबाट उनीहरूलाई बिहीबार पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा राइनास नगरपालिका १० प्यारजुङ बस्ने वर्ष ४६ का गाइने सुनार, सोही स्थानका वर्ष २६ का सन्तोष बिक र वर्ष ३९ का गजेन्द्र विक प्रक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट तीन थान एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए। उनका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धान भइरहेको छ। उनीहरूलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गतको कारवाही हुने पनि प्रहरीले जनाएको छ।

जुवाडे पक्राउ 

लमजुङ प्रहरीले जुवातास खेल्दै गरेका जुवाडेलाई पक्राउ परेको छ। बेशीसहर नगरपालिका ८ सेरा बजारमा रहेको विक्रम थापाले सञ्चालन गरेको खाजा पसलमा हार जितको बाजी राख्दै जुवातास खेल्दै गरेका पाँचजनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४८ हजार ७४४ रुपैयाँ नगद र १६० पत्ति ताससमेत बदामद गरेको छ। उनीहरूलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको डिएसी यादव ढकालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.