|

काठमाडौं : काठमाडौंको बौद्धमा बिहीबार बेलुका गोली चलेको छ। प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो। गोली लागि एकजना घाइते भएका छन्।

महानगरीय अपराध महाशाखाको टोली लुटपाटमा संलग्न अमर भनिने अस्मित तामाङलार्इ नियन्त्रणमा लिनका लागि बौद्ध पुगेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए। उनका अनुसार तामाङलार्इ नियन्त्रण लिन प्रहरीले दुर्इ राउण्ड गोली चलाएको छ।

प्रहरीको गोली लागि तामाङ घाइते भएको छन्। उनलार्इ उपचारका लागि वीर अस्पताल लैजाने तयारी भएको छ।

तामाङले केही दिनअघि भक्तपुरमा १८ लाख रुपैयाँ लुटपाट गरेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.