|
पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी

काठमाडौं : रुसमा जारी फिफा विश्वकपमा अर्जेन्टिना क्रोएसियासँग पराजित भएको छ। बिहीबारको अन्तिम खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेका यी दुई टीमले दोस्रो हाफमा क्रोएसियाले तीन गरेको हो भने अर्जेन्टिनाले एक गोल पनि गर्न सकेन।

अर्जेन्टिनालाई लज्जास्पद हार दिलाउने क्रममा क्रोएसियाका रेविकले ५३, लुका मोड्रिकले ८० र राकिटिकले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए।

यो हारसँगै अर्जेन्टिना समूह चरणबाटै घर फर्किने सम्भावना बढेर गएको छ। यता क्रोएसिया भने लगभग नकआउट चरणका लागि छनोट हुने पक्का भएको छ। अब ग्रुप डीमा अर्जेन्टिनाले नाइजेरियासँग मात्र खेल्न बाँकी छ। अर्जेन्टिनासँग बराबरी खेलेको आइसल्यान्डले नाइजेरिया र क्रोएसियाको सामना गर्न बाँकी छ। अंकतालिकामा अर्जेन्टिना र आइसल्यान्डको एक एक अंक छ भने नाइजेरिया अंकबिहीन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.