|

काठमाडौं : तपाईँ कुनै घरको कोठा, फ्याट वा घर नै भाडा लिएर बसिरहनुभएको छ? तपाईँले तिरेको कुल भाडामध्ये स्थानीय तहद्वारा निर्धारित घरबहाल कर तिरे\ नतिरेको थाहा छ ? यसमा शंका लागेको छ भने आगामी भदौ १ गतेदेखि कूल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर घरपतिलाई तिरे पनि फरक नपर्ने कानुन आउँदैछ।

नेपाल समाचारपत्र दैनिकका अनुसार आगामी भदौ १ देखि लागू हुने मुलुकी देवानी(संहिता) ऐन– २०७४ र मुलुकी देवानी कार्यविधि(संहिता) ऐन–२०७४ अन्तर्गत परिच्छेद ९ मा घर बहालसम्बन्धी प्रावधान राखिएको छ। उक्त ऐनको ३९२ धारामा भनिएको छ– घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र नजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ।

घर बहालमा दिँदा वा लिँदा दुवै पक्षले अबदेखि सम्झौता गर्नुपर्ने भएको छ। परिच्छेद ९ को ३८६ धारामा भनिएको छ– घर बहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र हुनुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.