|

अर्जेन्टिना क्रोएसिया विरुद्धको खेलमा निकै निरीह रह्यो। क्रोएसियाले दोस्रो हाफमा तीन गोल गर्दै नकआउटचरण प्रवेश गर्दा अर्जेन्टिनाको अब अघिल्लोचरण सम्भावना गणीतीय बनेको छ। अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ।

अर्जेन्टिना पराजित हुँदा यस्तो बन्यो रेकर्ड

दक्षिण अमेरीकी टिम विरुद्ध क्रोएसियाले पाँचौ प्रयासमा जित निकाल्यो। यसअघि ४ ओटा दक्षिण अमेरीकी टोलीसँग जित निकाल्न असफल भएको थियो।
१९५८ मा चेकोस्लाभाकियासँग ६–१ ले पराजित भएयता समुहचरणमा अर्जेन्टिनाको यो सर्वाधिक फराकिलो हार हो।

अर्जेन्टिनाले १९७४ यता समुहचरणका दुईवटै खेलमा जित निकाल्न नसकेको यो पहिलो अवसर हो। क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तस्रो फराकिलो जितको नतिजा हो। यसअघि २०१४ मा क्यामरुनलाई ४-० तथा १९९८ मा जर्मनीलाई ३-० ले हराएको थियो।

क्रोएसियाले १९९८ पछि विश्वकपका ओपनीङ दुबै खेलमा जित निकालेको यो पहिलो अवसर हो। जसमा मुख्य प्रतियोगितामा लुका मोड्रिकले कुल ४ मध्ये २ गोल गरेका छन्।

अर्जेन्टिनी स्टार लियोनेल मेसीले आइसल्यान्ड विरुद्ध ११ सट प्रहार गरेका थिए। तर क्रोएसियासँग ६४ मिनेटसम्म एउटापनि सट प्रहार गर्न सकेनन्। मेसीले जारी विश्वकपमा अन्य खेलाडीको भन्दा बढी सट फ्रेममा प्रहार गरेका छन्। तर उनी गोल गर्न असफल भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.