|

काठमाडौं :  नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनिलकेशरी शाह नियुक्त भएका छन्।

बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठककले उनलाई उनलाई सिइओ नियुक्ति गर्ने निर्णय गरेको हो। शाह गत फागुन ४ देखि उक्त बैकमा कामु सिइओ रहँदै आएका थिए। 

यसअघि शाहलाई सिइओमा नियुक्त गरेको भए पनि नेपाल राष्ट्र बैंकको नियमका कारण रोकिएको थियो। वाणिज्य बैंकका सिइओहरुले एउटा बैंक छोडेर अर्को बैंक सिइओको रुपमा काम गर्न जाँदा ६ महिनाको कुलिङ पिरियड पार गर्नुपर्ने नियम रहेको छ। यही कारण पूर्ण सिइओ नपाएका शाहलाई डेपुटी सिइओको भूमिकामा बैंकले भित्र्याएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.