|

काठमाडौं : नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी जहाज विहिबार काठमाडौं आइपुग्ने भएको छ। एयरबस ३३०–२०० जहाज विहिबार फ्रान्सबाट सिधा नेपाल आउने भएको हो। ८ घण्टाको उडान पछि विमान नेपालमा उत्रिने छ।

विमान विदेशी पाइलटले उडार नेपाल ल्याउनेछन्। निगमले अमेरिकी कम्पनी एएआरसँग दुई वटा वाइडबडी जहाज किन्ने निर्णय गरेको थियो। सोही बमोजिम पहिलो विमान विहिबार नेपाल आउन लागेको हो। 

वाइडबडी विमान आएसँगै निगमले विभिन्न देशहरुमा उडान गर्ने तयारी गरेको छ। निगमले जापान, कोरिया, सिंगापुर लगायतका देशमा वाइडबडी उडाउने तयारी गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.